SHARE
रेडियो मायादेवी · बुधबार २५ भौ २०८२ ०४:०७ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल किसान ट्रयाक्टर समितिको अपिल

कपिलवस्तु, २५ भदौ।देशभर फैलिएको जेनजी (Gen-Z) आन्दोलनप्रति नेपाल किसान ट्रयाक्टर समितिले ऐक्यबद्धता जनाएको छ। समितिले जारी गरेको प्रेस विज्ञप्तिमा हालैको आन्दोलनले उजागर गरेका भ्रष्टाचार, कुशासन र अन्यायविरुद्धको संघर्षमा युवा पुस्ताले देखाएको साहस र विश्वासप्रति हार्दिक समर्थन जनाइएको छ। विज्ञप्तिमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी