SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

एजेन्सी । मध्य अमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक फुएगोमा भएको विस्फोटपछि ग्वाटेमालाले उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त क्षेत्रका सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । ज्वालामुखीबाट निस्किएको लावा, पाइरोक्लास्टिक बहाव, ग्यास र खरानीका कारण थप बस्ती खाली गराउने तयारीसमेत भइरहेको अधिकारीहरूले जनाएका छन् ।