SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

मनभित्रको ‘शत्रु’ खोज्दै मञ्चमा बीपीको कथा (तस्बिरहरू)

काठमाडौँ। कक्षा १० को नेपाली पाठ्यक्रममा समावेश तथा विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको चर्चित मनोवैज्ञानिक कथा ‘शत्रु’ अहिले रङ्गमञ्चमा दर्शकमाझ प्रस्तुत भइरहेको छ। रङ्गसूत्र नेपालको प्रस्तुतिमा यही साउन १८ गतेदेखि नेपाल फिल्म क्याम्पस, पिङ्गला स्थानको स्टुडियो थिएटरमा यो नाटकको मञ्चन सुरु भएको हो।