SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

अर्जुनधारामा धनीपुर्जा वितरणको तयारी

झापा । झापाको अर्जुनधारा नगरपालिकामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले सङ्कलन गरेको सात हजार ३०१ दाबीको पहिचान, छानबिन र प्रमाणीकरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।