SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

कृष्ण सागरमा टर्कीको मालवाहक जहाजमाथि ड्रोन आक्रमण, चार जना घाइते

एजेन्सी । कृष्ण सागरस्थित रुसको नोभोरोसिस्क बन्दरगाहबाट करिव ३० नटिकल माइल टाढा टर्कीको एक मालवाहक जहाजमाथि ड्रोन आक्रमण भएको छ । सोमवार भएको उक्त आक्रमणमा चालक दलका चार सदस्य घाइते भएका छन्, जसमध्ये तीन जना टर्कीका नागरिक रहेको टर्कीको इहलास न्युज एजेन्सीले जनाएको छ ।