SHARE
मकालु खबर · बुधबार २० साउन २०८३ ०३:२५ AM · 1 मिनेट पढाइ

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर गए राति एक भारतीय दर्शनार्थीको मृत्यु भएको छ । साथीहरूसँग जानकी मन्दिर दर्शन गर्न आएका भारतको विहार राज्यको हाजीरपुर निवासी २० वर्षीय आदर्शकुमार झाले अचानक पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।