SHARE
लोक पथ · बुधबार १३ साउन २०८३ ०२:५० AM · 1 मिनेट पढाइ

खिम्ती–घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकको १ अर्ब २४ करोड ऋण लगानी

काठमाडौं । एनएमबी बैंकले ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ् साना जलविद्युत आयोजनाका लागि १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । वन्डर्स इनर्जी प्रालिले निर्माण गरिरहेको उक्त आयोजनाका लागि बैंक र प्रवर्द्धक कम्पनीबीच ऋण सम्झौता भएको हो ।