SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई तत्काल अस्थायी पुनःस्थापना गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा तथा अस्थायी पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद केसीले होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिका असुरक्षा र स्वास्थ्य जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।