SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

साताको अन्तिम दिन २८ अंकले बढ्याे नेप्से, कारोबार रकम ४ अर्ब ३६ करोड नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । हिजो १७.३२ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज २७.९४ अंकले बढेर २५ सय ५९ दशमलव ४९ बिन्दुमा पुगेको छ । आज १३ वटै समुहका उपसूचकमा हरियाली छाएको छ ।