SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

काठमाडौंमा ग्यासको माग बढेपछि बाहिरी जिल्लाबाट आपूर्ति बढाइयो

चितवन । काठमाडौं उपत्यकामा एलपी ग्यासको माग बढेपछि चितवनसहित आसपासका जिल्लाका ग्यास उद्योगले उत्पादन बढाएर उपत्यकामा सिलिन्डर पठाउन थालेका छन् । चितवन, नवलपरासी पूर्व, मकवानपुर, बारा, पर्सा र धनुषाका उद्योगले दैनिक करिब १४ घण्टा बोटलिङ गरी काठमाडौंमा ग्यास पठाइरहेका छन् ।