SHARE
लोक पथ · शनिबार २७ भौ २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

प्रत्येक दुई घण्टामा ३० मिनेट मात्रै खुल्छ नारायणगढ-मुग्लिन सडकखण्ड

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा सडक मर्मत कार्य जारी रहेकाले दुई घण्टाको अन्तरमा ३० मिनेट मात्रै यातायात सञ्चालन भइरहेको छ । सडक मर्मतका लागि बिहान ८ः३० बजेदेखि दुई घण्टाको अन्तरमा ३० मिनेट सवारीसाधन सञ्चालन गर्न दिइएको हो । बाँकी समयमा सडक मर्मत हुने भएकाले यातायात आवागमन रोकिएको छ ।