संविधान रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यक : माधव नेपाल
पर्सा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन् । वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संवैधानिक अधिकारको संरक्षणका लागि राजनीतिक दलहरूबीच कार्यगत एकता, सहकार्य र समन्वय हुनुपर्ने बताए ।
