यूएईलाई हराउँदै नेपाल दोस्रोपटक एसिया कपमा
काठमाडौं । नेपालले यूएईलाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेको छ । शनिबार मलेसियाको बायोमास ओभलमा भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल च्याम्पियन बनेको हो । यो जितसँगै नेपाल आगामी वर्ष बंगलादेशमा हुने एसिया कपका लागि छनोट भएको छ । नेपाल दोस्रोपटक एसिया कपमा पुगेको हो ।
