SHARE
लोक पथ · शनिबार २७ भौ २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा दिवंगत भएकाहरूको सम्झनामा असनचोकमा दीप प्रज्वलन

काठमाडौं । रसुवामा आएको बाढीबाट दिवंगत भएकाहरूको सम्झनामा काठमाडौंको असन चोकमा दीप प्रज्वलन गरिएको छ । राष्ट्रवादी नागरिक समाजले शनिबार आयोजना गरेको कार्यक्रममा बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो । साथै, बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि प्रार्थना गरिएको थियो ।