SHARE
लोक पथ · शनिबार २७ भौ २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

कृष्णभीर सडकखण्ड तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको नागढुङ्गा–मुग्लिङ सडकअन्तर्गत कृष्णभीर सडकखण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ ।