‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन
काठमाडौं । खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन माग गर्दै नेकपा बहुमतले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । पार्टीका कार्यकर्ताले थालमा चामल राखेर सरकारविरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन गरेका थिए । उनीहरूले महँगी बढ्दा र ग्यासको अभाव हुँदा पनि सरकारले जनताको समस्या नदेखेको आरोप लगाए ।
