SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

चिलिमे उद्धारमा स्काभेटर पुग्न २० मिटरजति बाँकी छ : कुलमान घिसिङ

काठमाडौं । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा उद्धारको लागि शुक्रबार (भदौ २६) पनि प्रयास जारी छ । आयोजनाको पावर हाउसमा कार्यरत कर्मचारी फसेको आंशकामा उद्धारको कार्य जारी छ । आयोजनास्थलमा रहेका पूर्वमन्त्री कुलमान घिसिङका अनुसार, उद्धारको लागि स्काभेटर पुग्न अझै १५/२० मिटर बाँकी छ ।