प्रधानमन्त्री बालेन र उद्योगी-व्यवसायीबीच २ घण्टा लामो भेट, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र मुलुकका शीर्ष उद्योगी–व्यवसायीबीच अर्थतन्त्रका चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा विस्तृत छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटवार्ता आधा घण्टाका लागि तय गरिए पनि झण्डै दुई घण्टा चलेको थियो ।
