लुम्बिनी र गण्डकी प्रदेशबीच मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक स् सहकार्यका ९ निर्णय
लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ ।सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका–१ मालुङ्गा, खाँडामा सम्पन्न बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
