नेपाली महको निर्यात प्रवर्द्धनका लागि पाँचदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
काठमाडौं। नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार तथा निर्यात प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको व्यापार अनुगमन, व्यापार विश्लेषण तथा निर्यात अनुपालन परामर्श सेवा सम्बन्धी पाँचदिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (UNIDO) को ग्लोबल मार्केट एक्सेस प्रोग्राम (GMAP) नेपाल परियोजना अन्तर्गत आयोजित उक्त तालिम व्यावसायिक कीट विकास केन्द्र, हरिहरभवनको समन्वय तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (TEPC) को प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो। कार्यक्रममा विभिन्न सरकारी निकाय, व्यापार प्रवर्द्धन संस्थाहरू, मह व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
