SHARE
कालिका खबर · शुक्रबार​ ८ साउन २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

प्राविधिक विषयमा अनुभवी विज्ञको संलग्नता हुनुपर्छ : दङ्गाल

काठमाडौँ। नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गाले ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धका प्राविधिक विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको संलग्नता हुनुपर्ने बताएका छन्। शुक्रबार सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै नेता दङ्गालले अन्तर–निकाय सम्बन्ध अत्यन्त प्राविधिक विषय भएकाले यसमा केवल अध्ययनकर्ता मात्र नभई सोही क्षेत्रमा प्रत्यक्ष कार्यरत अनुभवी विज्ञहरूको परामर्श लिनु उपयुक्त हुने सुझाव दिएका हुन्। छलफलका क्रममा नेता दङ्गालले विषयवस्तुको गाम्भीर्यका आधारमा विज्ञ छनोट गर्नुपर्ने बताए।