काठमाडौंमा ५–७ लाख मानिस उतार्न सके एकैदिन आन्दोलन सफल हुन्छ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा पाँचदेखि सात लाख र प्रत्येक जिल्लामा एकदेखि डेढ लाख मानिस सडकमा उतार्न सके एकैदिनमा आन्दोलन सफल हुने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनलाई निर्णायक बनाउन देशव्यापी जनसहभागिता आवश्यक रहेको बताए । उनले आन्दोलनको तयारी र संगठनमा सबैले ध्यान दिनुपर्ने उल्लेख गर्दै भने, “५/७ लाख मानिस काठमाडौंमा उतार्ने र सबै जिल्लामा एक/डेढ लाख मानिस उतार्न सके एकै दिनमा आन्दोलन सफल हुन्छ । हामी सबैले त्यतातिर सोच्नुपर्छ, नत्र बर्बाद हुन्छ ।
