किसानको जिवनसंग खेलवाड गर्ने कृषि मन्त्रीले राजिनामा दिनुपर्छ : प्रभु साह
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य उपलब्ध गराउन नसक्ने कृषि मन्त्री गिता चौधरीको राजीनामा माग गरेका छन् । आम किसान मोर्चाद्वारा आज (शुक्रबार) बाराको कलैयामा आयोजित `मलखाद्यको हाहाकार : आपूर्तिमा असफल सरकार´ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि मन्त्री चौधरीको राजिनामा माग गरेका हुन । `यो सरकार किसान मारा सरकार जस्तो भयो । कृषिप्रधान देशको मुख्यवाली धान रोपाईको समयमा अहिले किसानले मलखाद्य पाउन सकिरहेका छैन्न । किसानलाई मलखाद्य दिन नसक्ने मन्त्रीलाई कुर्सीमा बस्ने अधिकार छैन ।
