SHARE
कालिका खबर · शुक्रबार​ ८ साउन २०८३ ०९:१८ AM · 1 मिनेट पढाइ

नेपाललाई भूराजनीतिक भुमरीमा धकेल्ने जोखिम छ : प्रदीप ज्ञवाली

काठमाडौँ : नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा सत्तापक्षले गरिरहेका काम कारबाहीले मुलुकलाई भूराजनीतिक भुमरीमा धकेलिने जोखिम रहेको बताएका छन् । शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक बिचार गोष्ठीमा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् । ‘संविधान संशोधनका नाममा आज जे हुँदैछ, फन्डामेन्टल कुराहरूलाई नै कैँची लगाउने काम भएको छ । यसले मुलुकलाई अत्यन्तै अप्ठेरो अवस्थामा लगेको छ भनेर बुझ्न सकिन्छ’, ज्ञवालीले भने, ‘उपलब्धिहरू धरापमा परेको भनेर बुझ्नुपर्छ ।