हामी कहाँ चुक्यौँ ? आत्मसमीक्षा गरौँ : माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक माधवकुमार नेपालले नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पनि वामपन्थी शक्तिहरूको आवश्यकता अझ बढी महसुस गरिएको बताएका छन् । ४८ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशभक्त, लोकतन्त्रवादी, गणतन्त्र पक्षधर तथा संविधानका समर्थक सबैको आशा वामपन्थी शक्तिमाथि रहेको बताए । उनले भने, ‘नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । आजको समयमा पनि वामपन्थी शक्तिहरूको भूमिकाको आवश्यकता सबैतिर बोध भएको छ ।
