SHARE
कालिका खबर · शुक्रबार​ ८ साउन २०८३ ०३:३३ PM · 1 मिनेट पढाइ

नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत बैंक खाता खोल्न सकिने नयाँ सेवा सार्वजनिक गरेको छ। यससँगै नागरिक एप प्रयोगकर्ताले बैंकमा व्यक्तिगत बचत खाता खोल्ने प्रक्रिया थप सहज र छरितो हुने भएको छ। बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले https://nagarik.gibl.com.np मार्फत क्यूआर कोड प्राप्त गरी स्क्यान गरेर ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्रधारी नागरिकले नागरिक एपमार्फत सहज रूपमा खाता खोल्न सक्ने व्यवस्था गरिएको हो।