प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग गर्दै टावर चढेका युवकको उद्धार, अस्पताल पुर्याइयो
काठमाण्डु– सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको उद्धार भएको छ । गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको आइतबार बिहान सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो । सँगै पढ्ने युवतीसँग विवाह गर्न पाउनुपर्ने माग गर्दै टावरमा चढेका आलमलाई सकुशल उद्धार गरेर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
