आफ्नै भवन निर्माणको तयारीमा जुट्यो एमाले बाणगंगा
नेकपा (एमाले) वाणगंगा नगरकमिटीले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने तयारी गरेको छ। वाणगंगा नगरपालिका–२, पिपरामा रहेको पार्टी नाममा दर्ता १७ धुर जग्गामा थप १० धुर जग्गा खरिद गरी दुईतले आधुनिक भवन निर्माण गर्ने निर्णय नगरकमिटीको बैठकले गरेको हो। भवन व्यवस्थापनका लागि विश्व कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
