माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, प्रहरीले पनि छाड्यो
काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरीले धरपकड गर्दा घाइते भएका थिए । उनलाई प्रहरीले धरपकडसँगै कुटपिट गरेको थियो । उनको अवस्था असामान्य बनेपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि स्वास्थ्यमा सुधार भएसँगै उनी डिस्चार्ज भएका हुन् ।
