SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

१२ दिन पछि कृष्णभीरमा गुड्यो पहिलो ग्यास बुलेट, असोज १ देखि नियमित चलाउने तयारी

काठमाडौं । पछिल्लो १२ दिनदेखि पहिरो र सडक मर्मतका कारण ठप्प बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा आज परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । सडक निर्माण टोलीले सबग्रेड तहसम्मको काम सकेपछि सडकको अवस्था जाँच्न काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ग्यास बुलेट र लामो समयदेखि रोकिएका हेभी सवारीसाधनलाई सफलतापूर्वक पार गराएको हो ।