नेपाल–चीन सम्बन्धलाई बहुआयामिक बनाउनुपर्छ: झलनाथ खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । ‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’ द्वारा राजधानीमा आयोजित दुईदिने ‘काष्ठमण्डप डाइलग’ तेस्रो शृङ्खलाको आज समापन गर्दै उनले तीव्र आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकास गरिरहेको चीनबाट नेपालले लाभ लिनसक्नुपर्ने बताए ।
