संक्रामक पशुरोग नियन्त्रण विधेयकमा प्रदेश र स्थानीय तहका कानून अध्ययन गर्न सांसदहरूको माग
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा संक्रामक पशुरोग नियन्त्रण विधेयकमाथि दफावार छलफल भएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा छलफलमा सहभागी सांसदहरूले लामो समयदेखि प्रक्रियामा रहेको विधेयकलाई संघीय संरचनाअनुकूल बनाउन प्रदेश र स्थानीय तहले यसअघि निर्माण गरेका कानून तथा त्यसको प्रभावबारे अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।
