महन्थ ठाकुरको आरोप- बालेन्द्र साह ‘नेपाली हिटलर’ को शैलीमा प्रस्तुत भए
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले साह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’को संज्ञा दिँदै साहलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरेका हुन् । ठाकुरले सरकारले जनतालाई दिएका कुनैपनि आश्वासन पूरा नगरेको दाबी गरे ।
