हर्मुज जलडमरूमध्यमा अमेरिकाद्वारा पुनः नौसैनिक नाकाबन्दीको घोषणा
एजेन्सी । अमेरिकी सेनाले मङ्गलवारदेखि सामरिक महत्वको हर्मुज जलडमरूमध्यमा पुनः नौसैनिक नाकाबन्दी सुरु गरिएको घोषणा गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा हुने जल यातायातलाई लक्षित गरी पूर्वीय समयअनुसार मङ्गलवार दिउँसो ४ बजेदेखि नाकाबन्दी प्रभावकारी भएको जानकारी दिएको छ ।
