आरोग्य कन्स्ट्रक्सनसहित ६ निर्माण कम्पनी परे कालो सूचीमा
काठमाण्डु– सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै जिम्मा लिएको काम समयमै पूरा नगर्ने ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।
