आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु
काठमाण्डु– आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका विवेक मण्डलकाे उपचारका क्रममा मृत्यु भएको छ। सर्लाहीको गोडैता नगरपालिका–१० का ३४ वर्षीय मण्डलको सोमबार राति २ः४० बजे निधन भएको हो । मण्डलले असार २६ गते शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका मण्डललाई सोहि दिन उद्धार गरि हेलिकप्टरबाट कीर्तिपुर बर्न अस्पतालमा ल्याइएको थियो ।
