जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा पुन: भजिन्द्रबहादुर क्षेत्री निर्वाचित
काठमाण्डु– दक्षिण कोरियामा नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ केन्द्रीय अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट भजिन्द्रबहादुर क्षेत्री पुनः सभापतिमा निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार क्षेत्रीले ८५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी लक्ष्मण दाहाललाई १५ मतको अन्तरले पराजित गरेका हुन्। दाहालले ७० मत प्राप्त गरेका छन्।
