विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाण्डु – मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर अधिकांश बादल लागेको छ ।
