SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ०१:४१ AM · 1 मिनेट पढाइ

थाइल्याण्डको बारमा आगलागी हुँदा २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

काठमाण्डु – थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा भएको ठूलो आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । आगलागीमा परेर ६० जनाभन्दा धेरै घाइते भएको बैंककका स्थानीय अधिकारीहरूले बताएका छन् । केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतक संख्या बढ्न सक्ने आशंका गरिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी