सरकारको आलोचना भइरहँदा रवि निवास पुगेर प्रधानमन्त्री बालेनले गरे ४ घण्टा कुराकानी
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने निवास बूढानिलकण्ठ पुगेर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भेटवार्ता गरेका छन् । सुकुमबासी बस्ने होल्डिङ सेन्टर डुबानमा परेको र काठमाण्डुमै आत्मदाहको घटना भएपछि सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री बालेनले आईतबार रवि निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।
