खामेनेईपछिको इरान : कस्तो हुनेछ नयाँ राजनीतिक व्यवस्था ?
कामाण्डु – इस्लामिक गणराज्य इरान नयाँ राजनीतिक युगमा प्रवेश गरिरहेको छ । इरानी जनता अमेरिकी हवाई आक्रमणमा मारिएका आफ्ना पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईलाई उत्तरपूर्वी इरानस्थित उनको गृहसहर मशहदमा अन्तिम श्रद्धाञ्जलिसहित दफन गर्ने तयारीमा व्यस्त थिए । खामेनेईको अन्त्येष्टिमा विश्वभरबाट मानिसहरू सहभागी भए । करोडौं इरानी नागरिक श्रद्धाञ्जलि दिन सडकमा उत्रिए ।
