विमानस्थलबाट समातिएका दुर्गा प्रसाईंलाई प्रहरीले घरमै पुर्यायो
काठमाण्डु– राजावादी अभियन्त्ता तथा व्यवसायी दुर्गा प्रसाईँ प्रकाउ परेका छन् । आइतबार झापाबाट काठमाण्डु आइपुगेका प्रसाईँलाई विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि प्रसाईंलाई नियन्त्रणमा लिएर घर पुर्याइएको छ । निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो ।
