एसीसी यू-१९ महिला कप : नेपालको दोस्रो जित, सिङ्गापुर १५१ रनले पराजित
काठमाण्डु – एसीसी यू १९ महिला प्रिमियर कपमा नेपालले सिङ्गापुरलाई १५१ रनले पराजित गरेको छ। मलेसियाको वाइएसडी युकेएम ओभलमा आइतबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले बिना कुनै विकेटको क्षति १९९ रन बनाएको थियो। नेपालले दिएको २०० रनको विशाल लक्ष्य पछाएको सिङ्गापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रन मात्रै बनाउन सक्यो।
