विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा
काठमाण्डु – फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। अन्तिम क्वाटर फाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्यान्डलाई पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएपछि शीर्ष ४ को टुङ्गो लागेको हो। रोमाञ्चक र प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलहरू सकिएसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। योसँगै विश्वकप आफ्नो निर्णायक चरणमा प्रवेश गरेको छ।
