बाढी-पहिरोका कारण बीपीसहित पाँच राजमार्ग अवरुद्ध
काठमाण्डु – देशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढी–पहिरोका कारण पाँचवटा राजमार्ग अवरुद्ध भएका छन् । मध्यपहाडी लोकमार्ग, मेची राजमार्ग, बीपी राजमार्ग, कान्तिलोकपथ र पोखरा ताङतिङका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन् । बाढीका कारण अवरुद्ध भोजपुर नगरपालिका–५, बोखिमस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भएको छ ।
