मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा
काठमाण्डु – मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । लामो समयदेखि अवरुद्ध रहेको प्रसारण लाइनबाट शनिबार दिउँसोदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ। प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवलहुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
