SHARE
काठमाण्डुपाटी · आइबार​ २८ असार २०८३ ०३:०५ AM · 1 मिनेट पढाइ

पूर्वगृहसचिव पोखरेलको निधन

काठमाण्डु – पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ। उनका भाइ तथा पूर्वएसपी विश्वमणि पोखरेलका अनुसार बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। ७८ वर्षका उनका १ छोरा र ३ छोरी छन्। अष्ट्रेलियामा रहेको छोरा र छोरी काठमाण्डु आइपुगेपछि अन्त्येष्टि गरिने छ। जेठी छोरी प्रमिला प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालकी पत्नी हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी