गोरखामा २ मोटरेबल पुल निर्माण
गोरखा – जिल्लाका विभिन्न भाग भएर बग्ने चुक्तीखोला र लुदीखोलामा २ वटा पक्की पुल निर्माण भएका छन् । यातायातका साधन सञ्चालन गर्नमिल्ने गरी निर्माण भएका ती पुलको शनिबार उद्घाटन गरिएको हो । २ वर्षभित्र निर्माणसम्पन्न गरिसक्ने सम्झौता भएका दुवै पुल १ वर्ष नबित्दै निर्माणसम्पन्न भएका हुन् । पुल पूर्वाधार विकास कार्यालयले निर्माण गरेको छ ।
