एशियन पेन्ट्सको ‘क्यालिडोस्कोप’ प्रतियोगिताको पुरस्कार वितरण, प्रतिभा सम्मानित
काठमाण्डु – एशियन पेन्ट्स नेपालले ‘क्यालिडोस्कोप’ अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८२–८३ को १३औँ संस्करणको पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । ठमेलस्थित एलोफ्ट बाई मेरियटमा आयोजित कार्यक्रममा युवा वास्तुकार तथा आन्तरिक डिजाइनरहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच र व्यावसायिक क्षमताको सम्मान गरिएको हो ।
