SHARE
काठमाण्डुपाटी · शनिबार २७ असार २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ जना घाइते

काठमाण्डु – बझाङको केदारस्युँ गाउँपालिका–७ सुङ्गुरेमा शनिबार बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दिउँसो करिब ४ बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ६४४४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी